नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्र्तगत गण्डकी प्रदेशस्तरीय फुल कन्ट्याक्ट कराँते छनोट प्रतियोगितामार्फत पुरुषतर्फ ७ र महिला तर्फ ५ जना गरी १२ खेलाडी छनोट भएका छन्।
छनौट हुने खेलाडीहरूमा पुरूष कुमुतेको ४० के.जी. तौल समुहमा क्योकुशिन कान कराँते संघ कास्कीका अभिषेक तामाङ, ४५ के.जी.मा क्योकुशिन कान कराँते संघ बागलुङका नारायण बि.क., ५० के.जी.मा स्ट्रोङ्गेष्ट क्योकुशिन कराँते संघ कास्कीका अनिष बुढामगर छन्।
पुरुषतर्फ नै ५५ के.जी. मा केन्पो काई संघ पर्वतका पासाङ तामाङ, ६० के.जी.मा क्योकुशिन कान कराँते संघ कास्कीका मोशेस कुमाल, ६५ के.जी.मा केन्पो काई संघ कास्कीका शिव भुजेल र खुल्ला तौल समुहमा स्ट्रोङ्गेष्ट क्योकुशिन कराँते संघ कास्कीका रूपक नेपाली छनोट भएका छन्।
यसैगरी, महिला कुमुतेतर्फ ४० के.जी. तौल समुहमा स्ट्रोङ्गेष्ट क्योकुशिन कराँते संघ स्याङ्जाकी पुष्प कुँवर, ४५ के.जी.मा केन्पो काई संघ कास्कीकी मेनुका अधिकारी, ५० के.जी.मा क्योकुशिन कान कराँते संघ कास्कीकी सरगम कुमाल, ५५ के.जी.मा क्योकुशिन कान कराँते संघ तनहुँकी धनी रानामगर र खुल्ला तौल समुहमा स्ट्रोङ्गेष्ट क्योकुशिन कराँते संघ कास्कीकी मेरिना गुरूङ छनोट भएका छन्।
फुल कन्ट्याक्ट कराँते प्रतियोगिताको लागि संयोजकको जिम्मेवारी शिव गुरुङ र प्रशिक्षकको जिम्मेवारी सुवास खड्कालाई दिइएको थियो।
प्रदेशस्तरीय फुल कन्ट्याक्ट कराँते प्रतियोगिता पोखरा प्रर्दशनी केन्द्र नयाँबजारमा भएको हो। गण्डकी प्रदेशस्तरीय फुल कन्ट्याक्ट कराँते छनोट प्रतियोगिता प्रदेशका मनाङ र मुस्ताङ बाहेकका ९ जिल्लाका खेलाडीले प्रतिष्पर्धा गरेका थिए। छनोट भएका खेलाडी असोज २८ गतेदेखि कार्तिक ३ गतेसम्म पोखरामा आयोजना हुने नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागी बन्नेछन्।
उनीहरुले अब केही दिनपछि बन्द प्रशिक्षणमा सहभागिता जनाउने प्रशिक्षक खड्काले बताए। सहभागी खेलाडीलाई प्रदेश खेलकुद परिषद गण्डकीका उपाध्यक्ष धोजकुमार गुरुङले मेडल र प्रमाणपत्र वितरण गरेका थिए।