नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी निर्वाचनमा प्रतिगमन विरोधी शक्तिलाई मत दिन अपिल गरेका छन्।
दसैंलगायतका चाडपर्वहरूको अवसरमा शुभकामना सन्देश जारी गर्दै अध्यक्ष प्रचण्डले भनेका छन्, ‘आगामी मंसीर ४ गते हुन गइरहेको यस निर्वाचनमा प्रतिगमन विरोधी शक्तिलाई मत दिई संविधान, गणतन्त्र, संघीयताको रक्षा र सुदृढीकरणका लागि विजय गराउनुहुन आम जनसमुदायमा हार्दिक अपील गर्दछु।’
हाम्रा चाडपर्वको मौलिक विशेषता विविधतामा एकता रहेको प्रचण्डको सन्देशमा उल्लेख छ।