नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत सोमबारसम्म टेबलटेनिस प्रतियोगिताका ५ वटा इभेन्ट सम्पन्न भएका छन्।
जसमध्ये ४ वटा इभेन्टको स्वर्ण नेपाल प्रहरीले र एउटा इभेन्ट्सको स्वर्ण शसस्त्र प्रहरीको एपीएफले जित्न सफल भएको छ।
सोमबारसम्म सम्पन्न प्रतियोगिता अन्तर्गत पुरुष टिम, महिला टिम, पुुरुष डबल्स र मिक्स डबल्स गरी ४ वटा इभेन्टसका स्वर्ण पदक नेपाल प्रहरीले र महिला डबल्सको स्वर्ण पदक शसस्त्र प्रहरीको एपीएफले जितेको हो।
सोमबार बिहान सम्पन्न पुुरुष डबल्स इभेन्टमा नेपाल पुलिस क्लवले ३१, ११–८, ११–५, ११–१३, ११–६ को ३–१ को सेटले शसस्त्र प्रहरीको एपीएफलाई हराउँदै स्वर्ण पदक हात पारेको हो।
यसैगरी, प्रतियोगितामा सहभागी ११ टिममध्ये शसस्त्र प्रहरीले २ रजत, नेपाल प्रहरी, नेपाली सेना र बागमती प्रदेशले १/१ रजत हात पारेका छन् भने कास्य पदकतर्फ बागमती प्रदेशले २, एनआरएनएले २, प्रदेश नं १ ले २, आर्मीले २, नेपाल पुलिलले १ र गण्डकी प्रदेशले १ कास्य पदक हात पार्न सफल भएका छन्।
स्वर्ण पदक जित्न सफल नेपाल प्रहरीको खेलाडीहरुमा पुुरुष टिम इभेन्टतर्फ सन्तोष श्रेष्ठ, विनेश खनियाँ, संयोग कपाली, विपुल महर्जन र प्रदीप रोका छन्। महिला टिम इभेन्टतर्फ नविता श्रेष्ठ, एलिना महर्जन, मन्जु सुवल, यशश्वी अवल, शुभाश्री श्रेष्ठ छन्। पुरुष डबल्सतर्फ सन्तु श्रेष्ठ र विनेश खनियाँ, मिक्स डबल्सतर्फ विनेश खनियाँ र एलिना महर्जन छन्। महिला डबल्स इभेन्टतर्फ शसस्त्र प्रहरीको एपीएफलाई स्वर्ण पदक दिलाउन सफल खेलाडीहरुमा सिक्का सुवाल र वियन्का राई छन्।