कार्तिक ३० गते नेपाली राष्ट्रिय फुटबल टोलीले दशरथ रंगशालामा पाकिस्तानसँग मैत्रीपूर्ण फुटबल खेल्ने भएको छ। अखिल नेपाल फुटबल संघ (एन्फा) ले मंगलबार मैत्रीपूर्ण खेलको मिति तय गरेको हो।
विश्व फुटबल महासंघ (फिफा) को निलम्बन फुकुवा भएसँगै ८ वर्षपछि अन्तर्राष्ट्रिय फुटबलमा फर्किएको पाकिस्तानले नेपालसँग मैत्रीपूर्ण फुटबल खेल्न लागेको हो। यस खेलका लागि एन्फाले प्रवेश कटुवाललाई मुख्य प्रशिक्षकमा नियुक्त गरेको छ।
प्रशिक्षक कटुवालले मंगलबार नै बन्द प्रशिक्षणका लागि ३० सदस्यीय खेलाडी छनोट गरेका छन्। प्रशिक्षणको बोलाइएका खेलाडीहरूमा किरण चेम्जोङ, विकेश कुथु, दीप कार्की, विशाल श्रेष्ठ, विकास खवास, विकास तामाङ, सेसेहाङ आङ्देम्बे, नवयुग श्रेष्ठ, तेज तामाङ, आभास लामिछाने र रोहित चन्द छन्।
यस्तै, अनन्त तामाङ, दिनेश राजवंशी, गौतम श्रेष्ठ, देवेन्द्र तामाङ, रञ्जित धिमाल, पुजन उपरकोटी, सुदीप गुरुङ, सुरजजिउ ठकुरी, सुजल श्रेष्ठ, एरिक विष्ट, विमल घर्तीमगर, अन्जन विष्ट, मनिष डाँगी, सुनिल बल, आशिष चौधरी, ऋतिक खड्का, आयुष घलान, संजोग राई र निशान खड्का छन्।