कतारमा जारी फिफा विश्वकप फुटबलमा समूह ‘सी’ मै रहेको पोल्याण्ड पनि अन्तिम खेलमा अर्जेन्टिनासँग हारेर पनि उपविजेता बन्दै नकआउट चरणमा स्थान बनाएको छ।
समूहको ३ खेलमा ४ अंक जोडेको पोल्याण्ड गोलसंख्याको आधारमा कतारमा जारी फिफा विश्वकपको नकआउट चरणमा प्रवेश गरेको हो।
यस समूहबाट मेक्सिको र साउदी अरेयिबा प्रतियोगिताबाट बाहिरिएको छ।
कतारको लुसाइल रंगशालामा बुधबार नै राति भएको खेलमा मेक्सिकोले साउदी अरेबियालाई २–१ ले हरायो। समूहको ३ खेलबाट ४ अंक जोडेपनि गोल संख्याको आधारमा बराबरी अंक बटुलेको पोल्याण्ड अगाडि रह्यो र मेक्सिको तेस्रो स्थानमा रहँदै प्रतियोगिताबाट बाहिरियो।
साउदी अरेयिाबियासँगको खेलमा मेक्सिकोका लागि हेनरी मार्टिन र लुइस चाभेजले गोल गरे। मार्टिनले ४७ र चाभेजले ५२ औं मिनेटमा मेक्सिकोका लागि गोल गरे। खेलको इन्जूरी समयमा साउदी अरेबियाका लागि अल्दावसरीले गोल गरे। समूहको सुरुवाती खेलमा अर्जेन्टिनालाई जितेको साउदीले ३ अंक जोड्दै अन्तिममा रह्यो।