नेकपा एमालेको पोखरा महानगरमा जीवन आचार्य विजयी

प्रतिद्वन्द्वी दिपक पौडेलले २ सय १० मत ल्याउँदा आचार्यले २ सय ७७ मत ल्याए

जनसम्मत
जेठ २१, २०८१, सोमबार

नेकपा एमालेको पोखरा महानगरमा जीवन आचार्य विजयी भएका छन्।

उनले २ सय ७७ मत ल्याउँदा दिपक पौडेलले २ सय १० मत पाएका छन्।

आचार्यको प्यानलबाट उपाध्यक्षमा नरेन्द्रनाथ ढुंगाना, सचिवमा सुशील बस्नेत, उपसमितिमा विष्णुप्रसाद गौतम र उपसचिव महिलामा हरिमाया विश्वकर्मा विजयी बने।

दिपक प्यानलबाट उपाध्यक्षमा मोहन गुरुङ, सचिवमा दिनेशबाबु खड्का, उपसचिव खुल्लामा लालबहादुर राना र उपसचिव महिलामा किरण गौतम प्रतिस्पर्धामा थिए।

निर्वाचनमा दुई समूहबाट दुई वटा प्यानल थियो।

एउटा समूहको नेतृत्व दिपक पौडेलले गरे भने अर्को समूहको नेतृत्व जीवन आचार्यले गरेका थिए।

४ सय ९८ मतदाता रहेकामा ४ सय ८८ मत खसेको निर्वाचन समितले जनाएको छ। महानगरमा हुने १ सय १ पदमध्ये निर्वाचन हुने ८७ मध्ये २२ जना सदस्य निर्विरोध निर्वाचित भएका छन्।

बिहान ८ बजेपछि सुरु भएको मतदान साढे १२ बजेतिर सकिएको थियो। मतदानका लागि २४ वटा विद्युतीय मतदान मेसिन राखिएको थियो।