पोखरा महानगरपालिकाको बजेट ७ अर्ब ५१ करोड

बजेटको स्रोतमध्ये संघीय सरकार अनुदानबाट ४ अर्ब २० करोड २२ लाख १ हजार, प्रदेश सरकार अनुदानबाट ९ करोड ६३ लाख ८१ हजार, आन्तरिक आयबाट १ अर्ब ५५ करोड ५१ लाख ४० हजार, स्थानीय राजस्व बाँडफाँटबाट १ अर्ब १२ करोड ६ लाख ६१ हजार र रोयल्टी बाँडफाँटबाट ५४ लाख २४ हजार व्यहोर्ने उल्लेख छ।

जनसम्मत
असार १०, २०८१, सोमबार

पोखरा महानगरपालिकाको आर्थिक वर्ष २०८१/०८२ को लागि ७ अर्ब ५१ करोड ३२ लाख ८३ हजार रुपैयाँको बजेट ल्याएको छ।

चालु आर्थिक वर्षको भन्दा यस वर्षको बजेट ४३ करोड रुपैयाँ बढि हो।

चालु आर्थिक वर्षको बजेट ७ अर्ब ८ करोड ३४ लाख २४ हजार रुपैयाँको बजेट थियो।

बजेट वक्तव्यको क्रममा महानगरले चालु आर्थिक वर्षको लागि ७ अर्ब १५ करोड १५ लाखको आय–व्यय विवरण प्रस्तुत गरेको थियो।

महानगरले पूर्वाधार विकासतर्फ १ अर्ब ६५ करोड रुपैयाँ, शिक्षा तथा खेलकुदको लागि एक अर्ब ६५ करोड रुपैयाँ, सामाजिक विकासतर्फ २२ करोड रुपैयाँ विनियोजन गरेको छ।

महानगरले बजेटको स्रोतमध्ये संघीय सरकार अनुदानबाट ४ अर्ब २० करोड २२ लाख १ हजार, प्रदेश सरकार अनुदानबाट ९ करोड ६३ लाख ८१ हजार, आन्तरिक आयबाट १ अर्ब ५५ करोड ५१ लाख ४० हजार प्राप्त हुने अनुमान छ।

स्थानीय राजस्व बाँडफाँटबाट १ अर्ब १२ करोड ६ लाख ६१ हजार र रोयल्टी बाँडफाँटबाट ५४ लाख २४ हजार व्यहोर्ने उल्लेख छ।

नगर विकास कोष ऋण ४ करोड ४ लाख ८० हजार ब्यहोर्ने महानगरको अनुमान छ।

 

हेरौं, बजेटको पूर्ण पाठ

Gandaki Budget