प्रदेश खेलकुद परिषद गण्डकीको महाशाखा प्रमुखमा आचार्य

नेपाल शिक्षा सेवाको अधिकृतस्तर १० औं तहमा कार्यरत आचार्य उद्योग, पर्यटन तथा वातावरण मन्त्रालयबाट सरुवा भएका हुन्

जनसम्मत
असार १३, २०८१, बिहीवार

रामप्रसाद आचार्य प्रदेश खेलकुद परिषद गण्डकीले महाशाखा प्रमुख बनेर आएका छन्।

परिषद स्थापनाको ३ वर्षपछि आचार्य महाशाखा प्रमुखका रुपमा आएका हुन्।

नेपाल शिक्षा सेवाको अधिकृतस्तर १० औं तहमा कार्यरत आचार्य उद्योग, पर्यटन तथा वातावरण मन्त्रालयबाट सरुवा भएका हुन्।

विभिन्न जिल्ला शिक्षा कार्यालयहरुमा समेत रहेर कर्मचारी सेवामा २९ वर्षे सेवाको अनुभवप्राप्त आचार्य यसअघि प्रदेश नीति तथा योजना आयोगको सचिबसँगै राष्ट्रिय पुर्ननिर्माण प्राधिकरणमा समेत कार्यरत थिए।

परिषदको संगठन संरचनाअन्तर्गत १६ जना स्थायी कर्मचारी आवश्यक रहेपनि हाल परिषदमा १ जना अधिकृतस्तरको कर्मचारी, २ जना सहायक कर्मचारी, १ जना सवारी चालक र २ कार्यालय सहयोगी छन्।

परिषदमा अझै ८ जना कर्मचारीको दरवन्दी रिक्त रहेको सूचना अधिकारी तोपलाल भुसालले जानकारी दिएका छन्।