अर्जेन्टिनाले जित्यो सर्वाधिक १६ कोपा अमेरिकाको उपाधि

उपाधिसँगै कोपा अमेरिकाको इतिहासमा अर्जेन्टिना सबैभन्दा सफल टिम बन्यो

जनसम्मत
असार ३१, २०८१, सोमबार

अर्जेन्टिनाले विश्वकै सबैभन्दा पुरानो महादेशीय फुटबल प्रतियोगिता ‘कोपा–अमेरिका’ को उपाधि जितेको छ।

फाइनलमा कोलम्बियालाई १–० गोलले हराउदै अर्जेन्टिनाले उपाधि जितेको हो।

सेमिफाइनलमा अर्जेन्टिनाले क्यानडालाई र कोलम्बियाले उरुग्वेलाई हराउँदै फाइनलमा पुगेका हुन्।

यस्तै, क्वार्टरफाइनलमा अर्जेन्टिनाले इक्वेडरलाई र कोलम्बियाले पनामालाई हराएको थियो

अमेरिकाको मियामीस्थित होर्ड रक स्टेडियममा खेलको ११२ औं मिनेटमा अर्जेन्टिनाका लागि लौटारो मार्टिनेजले गोल गरे।

जियोवानी लो सेल्सोको पासमा मार्टिनेजले गोल गरेका हुन्।

सेल्सो खेलको ९७ औं मिनेटमा एलेक्सिस म्याक एलिस्टरको स्थानमा मैदान प्रवेश गरेका थिए।

खेल हेर्न टिकट नपाएका दर्शकको होहल्लाका कारण खेल निर्धारित समयभन्दा १ घण्टा १५ मिनेट ढिलो सुरु भएको थियो ।

६८औं मिनेटमा लिओनल मेसी चोटका कारण मैदानबाट बाहिरिएका थिए।

१९९४ पछि कुनै उपाधि जित्न नसकेको अर्जेन्टिनाले लगातार ३ उपाधि जितेको हो।

यो जितसँगै अर्जेन्टिनाले कोपा अमेरिका फुटबलको उपाधि १६ औं पटक उपाधि जितेको छ।

१५ उपाधि जितेको उरुग्वेलाई अर्जेन्टिनाले पछि पारेको छ।

अर्जेन्टिनाले ३ पटक विश्वकप पनि जितेको छ।

२०२१ मा कोपा अमेरिका जितेपछि अर्जेन्टिनाले २०२२ मा विश्वकप उपाधि समेत जितेको थियो।

कोलम्बिया २३ वर्षपछि फाइनलमा पुगेको थियो