पोखराको पुरुञ्चौर र चैनपुरमा पहिरो, १० जनाको ज्यान गयो

मादी गाउँपालिका पनि पहिरोमा पुरिएर २ जना वेपत्ता

जनसम्मत
असार २९, २०८१, शनिबार

निरन्तर वर्षाका कारण पोखरा महानगरपालिका पनि नराम्ररी प्रभावित बनेको छ।

पहिरोका कारण पालिकाभित्रका १० जनाले ज्यान गुमाएका छन्।

पोखरा महानगरपालिका वडा नं.१९ तल्लाकोट (पुरुन्चौर) मा ७ जना र पोखरा–३२ चैनपुरमा ३ गरी १० जना नगरवासीहरूको पहिरोमा परि ज्यान गएको छ।

पहिरोमा परि तल्लाकोट निवासी ४७ वर्षीय कुलबहादुर परियार, ४३ वर्षीय मनकुमारी परियार, ८५ वर्षीय लक्षिमा परियार, १५ वर्षीय प्रशना परियार, २० वर्षीय प्रभा परियार, २५ वर्षीय अस्मित परियार र राधिका परियारले ज्यान गुमाएका छन्।

यस्तै, चैनपुरमा १८ वर्षीय अनिता ओझा, ११ वर्षीय अनुष्का ओझा र ९ वर्षीय प्रतीक सुवेदीले ज्यान गुमाएका छन्।

यस्तै मादी गाउँपालिका वडा नं ११ मा पहिरोमा पुरिएर ८० वर्षीया माइतीकुमारी गुरुङ पनि बेपत्ता छिन्।

५५ वर्षीय छोरा ओमबहादुर गुरुङलाई सकुसल उद्धार गरिएको प्रहरीले जनाएको छ।

मृत्यु भएका सबैको शव पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पोस्टमार्टमका लागि राखिएको छ।