कोपा अमेरिका २०२४ः अर्जेन्टिनाकै लाउटारो मार्टिनेजलाई ‘गोल्डेन बुट’

क्यानडासँगको सेमिफाइनलबाहेक हरेक खेलमा उनी गोल गर्न सफल बने, फाइनलमा मार्टिनेजकै निर्णायक गोलसहित प्रतियोगिता अवधिभर उनको नाममा ६ गोल रह्यो

जनसम्मत
असार ३१, २०८१, सोमबार

अर्जेन्टिनाका लाउटारो मार्टिनेले सम्पन्न कोपा अमेरिकामा गोल्डेन बुट जितेका छन्।

२६ वर्षीय अर्जेन्टिनी स्ट्राइकरले आफ्नो टोलीलाई लगातार उपाधि दिलाउन फाइनलमा समेत गरेर सर्वाधिक ६ गोल गरे।

अधिकांश खेलमा उनले बेन्चबाट सुरुआत गरेका थिए।

समूहचरणमा क्यानडा र चिलीविरुद्ध १÷१ गोल गरे।

समूहचरणको अन्तिम खेलमा पेरुविरुद्ध उनले २ गोल गर्दै अर्जेन्टिनालाई समूह विजेता बनाएका थिए।

क्वार्टरफाइनलमा इक्वेडरविरुद्ध उनले नै गोल गर्दे अर्जेन्टिनालाई सुरुआती अग्रता दिलाएका थिए।

तर, सो अग्रता कायम राख्न नसक्दा अर्जेन्टिनालाई जित निकाल्न पेनाल्टी सुटआउटको साहरा लिन परेको थियो।

यद्यपि, पेनाल्टी सुटआउटमा अर्जेन्टिना ४–२ गोलअन्तरले विजयी बन्यो।

क्यानडाविरुद्ध सेमिफाइनलमा भने उनले गोल गर्न सकेनन्।

यद्यपि, कोलम्बियाविरुद्धको फाइनलमा खेलको ११२ औं मिनेटमा गोल गर्दै उनले अर्जेन्टिनालाई कीर्तिमानी १६ औं पटक उपाधि दिलाए।