नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीका निवर्तमान महासचिव विजय नेपालले मञ्चले स्थापना गरेको पत्रकार अक्षयकोषमा सहयोग रकम हस्तान्तरण गरेका छन्।
नेपाल खेलकुद पत्रकार मञ्च गण्डकी स्थापना भएको सातौँ वर्षगाँठको अवसरमा मञ्चले बुधबार पोखरामा आयोजना गरेको आफ्नो आठौँ पोखरा स्पोर्ट्स अवार्ड २०८० को समीक्षा एवं आय–व्यय कार्यक्रममा नेपालले मञ्चका संस्थापक अध्यक्ष रामकृष्ण ज्ञवाली, कोषाध्यक्ष कविता घर्तीमगरलाई ११ हजार १ सय ११ रुपैयाँ बराबरको चेक हस्तान्तरण गरे।
पत्रकारको हकहितको लागि स्थापना गर्न लागिएको उक्त अभियानमा सानो सहयोग गरेको नेपालले जनाए।
उक्त कोषमा हालसम्म मञ्चका अध्यक्ष बरालले १० हजार, पूर्व सल्लाहकार सुदर्शन रन्जितले २५ हजार सहयोग गरेका छन्।
अध्यक्ष बराल नेतृत्वको टिमले १० लाख अक्षयकोष स्थापना गर्ने घोषणा गरेको थियो।
अब सो घोषणालाई पुरा गरिने बताइएको छ।