पोखरामा अब्बल ६ युवाहरु सम्मानित भएका छन्।
अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा सोमबार नेकपा एमाले कास्कीले उनीहरुलाई सम्मान गरेको हो।
एमाले कास्की सचिव दर्शन लामाको संयोजकत्वमा आयोजित कार्यक्रममा विभिन्न विधाका ६ युवाहरु सम्मानित भएका हुन्।
नेपाली महिला भलिबल टोलीकी कप्तान अरुणा शाही, संक्रामक तथा सरुवा रोग अस्पताल गण्डकीका कार्यकारी निर्देशक डा विकास गौचन, नेपाल आइडल करण परियार, नेपाल आइडलकी फस्ट रनरअफ सलोनी गुरुङ, इन्टरनेसनल स्कुल अफ मेनेजमेन्ट एन्ड टेक्नोलोजी कलेजकी कोओर्डिनेटर सुस्मा रञ्जित, अधिवक्ता कुञ्जनी परियारलाई सम्मान गरेको हो।
युवाहरुकै सांगीतिक प्रस्तुति रहेको कार्यक्रममा मोटिभेसनल स्पिकर रोहित मल्ल, गण्डकी विश्वविद्यालयका डीन डा कपिल अधिकारी, अधिवक्ता कुञ्जनी परियार, चाटर्ड एकान्टेन्ट दीपक भुर्तेल र एमाले नेता खगराज अधिकारीले युवाबारे बोले।