पेरिस ओलम्पिक म्याराथनमा सन्तोषी ७९ औँ स्थानमा

सन्तोषीले निर्धारित दूरी २ घण्टा ५५ मिनेट ६ सेकेन्डमा पूरा गरिन्

जनसम्मत
श्रावण २७, २०८१, आइतबार

पेरिस ओलम्पिक २०२४ अन्तर्गत महिला म्याराथनमा नेपाली धाविका सन्तोषी श्रेष्ठले ७९ औँ स्थान हासिल गरेकी छिन्।

फ्रान्सको राजधानी पेरिसमा आइतबार सम्पन्न स्पर्धामा सन्तोषीले निर्धारित दूरी २ घण्टा ५५ मिनेट ६ सेकेन्डमा पूरा गरिन्।

‘वाइल्ड कार्ड’ मार्फत उनले पहिलो पटक ओलम्पिकमा सहभागिता जनाएकी हुन्।

महिला म्याराथनमा ९२ धाविकाले प्रतिस्पर्धा गरेका थिए।

उक्त विधाको उपाधि भने नेदरल्यान्ड्सकी सिफान हसनले जितेकी छिन्।

उनले निर्धारित दूरी २ घण्टा २२ मिनेट ५५ सेकेन्डमा पूरा गरिन्।

त्यस्तै, २ घण्टा २२ मिनेट ५८ सेकेन्ड लगाएकी इथियोपियाकी असिफा दोस्रो भइन्।

त्यसैगरी, सो दूरी २ घण्टा २३ मिनेट १३ सेकेन्डमा पूरा गरेकी केन्याकी ओबिरीले तेस्रो स्थान प्राप्त गरिन्।

यससँगै ओलम्पिकमा नेपाली खेलाडीको चुनौती सकिएको छ।

यसअघि टेबलटेनिसका स्यान्टु श्रेष्ठ, सुटिङकी सुस्मिता नेपाल, पौडीका डुवाना लामा र एलेक्सजेन्डर शाह, जुडोकी मनिता श्रेष्ठ प्रधान तथा ब्याडमिन्टनका प्रिन्स दाहाल ओलम्पिकबाट बाहिरिइसकेका छन्।