काभा महिला भलिबल लिगमा नेपालको पहिलो हार

लिगको दोस्रो खेलमा नेपाल इरानसँग ३–२ को सेटमा पराजित

जनसम्मत
श्रावण २०, २०८१, आइतबार

काभा महिला भलिबल लिगमा नेपालले पहिलो हार ब्यहोरेको छ।

काठमाण्डौको त्रिपुरेश्वरमा रहेको राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा आज (आइतबार) भएको खेलमा नेपाल इरानसँग ३–२ को सेटमा पराजित भएको हो ।

नेपाललले पहिलो सेट १६–२५ ले गुमायो।

तर, दोस्रो सेटमा नेपालले २५–१६ ले जित्दै खेललाई १–१ को बराबरी गर्न सफल बन्यो।

तेस्रो सेटमा इरानले २५–२३ ले जित्यो भने चौथो सेट नेपालले २५–१५ ले आफ्नो पक्षमा पारेको थियो।

पाँचौ सेटमा फेरि इरानले १५–१३ ले जित्दै नेपाललाई हरायो।

इरानले ४ खेलबाट ७ अंक बनाउँदा नेपालले ३ खेलबाट ६ अंक बनाएको छ।

भारतसँग ७, श्रीलंकासँग ४ र माल्दिभ्स अंकविहिन छ।

आजै भएको पहिलो खेलमा माल्दिभ्स श्रीलंकासँग हारेसँगै सेमिफाइनलमा पुग्ने ४ टिमको टुंगो लागिसकेको छ।

नेपाल, भारत, इरान र श्रीलंका सेमिफाइनलमा पुगिसकेका छन्।

लिग चरणको अन्तिम २ खेल भोली हुँदैछ।

भोली (सोमबार) श्रीलंका र भारत तथा नेपाल र माल्दिभ्सबीच प्रतिस्पर्धा हुनेछ।