काभा महिला बिच भलिबलमा नेपाल च्याम्पियन

नेपालले उज्वेकिस्तान ’ए’ लाई २१–१७, २१–१४ को सोझो सेटमा उपाधि जित्यो

जनसम्मत
श्रावण १९, २०८१, शनिबार

काभा महिला बिच भलिबलमा नेपाल च्याम्पियन बनेको छ।

भुटानको थिम्पुमा भएको फाइनल खेलमा नेपालका कमला पुन र मनिषा चौधरीको जोडीले उज्वेकिस्तान ’ए’ टिमलाई २–० को सेटमा पराजित गर्दै उपाधि जितेको हो।

नेपालले उज्वेकिस्तान ’ए’ लाई २१–१७, २१–१४ ले जित्यो।

नेपालले सबै ५ खेलमा अपराजित रहँदै उपाधि जितेको हो।

यस्तै, पुरुषतर्फ नेपाल दोस्रो भएको छ।

नेपालको मानबहादुर श्रेष्ठ र दिलबहादुर सुनारको जोडी फाइनलमा माल्दिभ्सको जोडीसँग २–० को सेटमा पराजित हुँदै उपविजेता बन्यो।