साफ यु–२० च्याम्पियनसीपमा नेपाल समूह विजेता

साफ यु–२० च्याम्पियनसीप फुटबलको अन्तिम खेलमा बंगलादेशलाई हराउँदै नेपाल सेमिफाइनलमा

जनसम्मत
भाद्र ६, २०८१, बिहीवार

साफ यु–२० च्याम्पियनसीप फुटबलमा नेपाल समूह ’ए’ को विजेता बनेको छ ।

ललितपुरको सातदोबाटोमा रहेको एन्फा कम्प्लेक्स मैदानमा आज (बिहीबार) भएको खेलमा बंगलादेशलाई २–१ ले हराउँदै नेपाल समूह विजेता बनेको हो।

नेपालको जितमा खेलको १७ औं मिनेटमा समिर तामाङ र १९ औं मिनेटमा अबिनाश स्याङ्तानले गोल गरे।

बंगलादेशका इस्लामले खेलको ४३ औं मिनेटमा पेनाल्टीमार्फत गोल गरे।

यो जीतसँगै नेपालले २ खेलमा ६ अंक जोडेको छ।

बंगलादेशको २ खेलमा ३ अंक छ।

नेपाल र बंगलादेश यसअघि नै सेमिफाइनलमा पुगिसकेका छन्।

यो समूहको श्रीलंका भने लगातार २ खेलमा हार बेहोर्दै समूह चरणबाटै बाहिरिइसकेको छ।

प्रतियोगितामा समूह चरणको अन्तिम खेलमा भोलि समूह ’बी’ का भारत र माल्दिभ्स खेल्दैछन्।

यो खेलबाट सेमिफाइनल समीकरण पूरा हुनेछ।

यो समूहको अर्काे टोली भुटानले पनि अन्तिम चारमा पुग्ने संभावना कायमै राखेको छ।

सेमिफाइनलमा एउटा समूहको विजेताले अर्काे समूहको उपविजेतासँग खेल्नेछ।