पत्रकार बिना थापा र सुरज थापामाथि कुटपिट

सार्वजनिक यातायातका चालकहरुले पत्रकारमाथि कुटपिट गर्दै पत्रकारको स्कुटरसमेत तोडफोड गरेको घटनाप्रति नेपाल पत्रकार महासंघको ध्यानाकर्षण

जनसम्मत
श्रावण १३, २०८१, आइतबार

समाचार संकलनका क्रममा पोखरामा पत्रकारद्वय बिना थापा र सुरज थापामाथि सार्वजनिक यातायातका चालकहरुले दुव्र्यवहार गरेका छन्।

सार्वजनिक यातायातका चालकहरुले आफूहरुको आन्दोलन रहेको बताउँदै पत्रकारमाथि कुटपिट गर्नुको साथै पत्रकारहरुले प्रयोग गरेको सवारी साधनसमेत तोडफोड गरेको निकृष्ट कार्यप्रति सर्वत्र विरोध भएको छ।

पत्रकार महासंघको ध्यानाकर्षण

पत्रकारमाथिको कुटपिट र पत्रकारको स्कुटरसमेत तोडफोड गरेको घटनाप्रति नेपाल पत्रकार महासंघको ध्यानाकर्षण भएको छ।

महासंघ कास्की शाखाका अनुसार पोखराको पृथ्वीचोकमा राइड शेयरिङविरुद्ध सार्वजनकि सवारीका चालक र सह–चालकले थालेको आन्दोलनको समाचार संकलनका क्रममा रहेका पत्रकारमाथि आन्दोलनरत चालकहरुले दुव्र्यवहार र कुटपिट गर्नुका साथै पत्रकारको ग २० प ३९७३ नम्बरको स्कुटरसमेत तोडफोड गरेका छन्।

नागरकिलाई सुसूचति गराउन तथा आन्दोलनरत पक्षको मागसमेतलाई सम्बन्धित निकायलाई गंभीर ध्यानाकर्षण गराउन भूमिका खेल्ने पत्रकारमाथि भएको कुटपिट र तोडफोडको यो घटना अत्यन्त निन्दनीय हुनुका साथै प्रेस स्वतन्त्रतामाथकिो प्रहार हो।

महासंघ प्रेस स्वतन्त्रतामाथि प्रहार गर्नेको तत्काल पहचिान गरी कानुनी दायरामा ल्याउन र क्षतिको क्षतपिूर्ति दिलाई पत्रकारलाई सुरक्षाको प्रत्याभूति दलिाउन स्थानीय प्रशासनसँग माग गर्दछ।

पत्रकारमाथि कुटपिट र स्कुटर तोडफोडमा संलग्नहरु

पत्रकारमाथि दुव्र्यवहार गर्ने कार्यमा संलग्न ५ जनालाई कास्की जिल्ला प्रहरी कार्यालयले पक्राउ गरेको छ।

पोखरा–९, शान्तिबन बस्ने सूर्यबहादुर नेपाली, गोरखा स्थायी घर भई हाल पोखरा–९, पृथ्वीचोक बस्ने बुद्धिबहादुर बयलकोटी, पोखरा–१६, लामाचौर बस्ने प्रशान्त गुरुङ, लमजुङ स्थायी घर भई हाल पोखरा–५, जिरो बस्ने सन्तोष बस्नेत र स्याङ्जा स्थायी घर भई हाल पोखरा–१७, घारिपाटन बस्नेत टंकबहादुर क्षत्रीलाई प्रहरीले पक्राउ गरी कारवाही गरेको हो।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ र सार्वजनिक यातायात केन्द्रीय महासंघ, गण्डकी प्रदेशको संयुक्त आयोजनामा गण्डकी प्रदेश सरकारले निजी सवारी साधनहरुलाई भाडामा प्रयोग गर्न पाउने गरी कार्यविधि बनाई लागु गर्न लागेको विरोधमा आन्दोलनस्वरुप पोखरा ठप्प थियो।

पोखरा टेलिभिजनकी रिपोर्टर बिना थापामगर र गण्डकी भ्वाइस डट कम अनलाइन मिडियाका व्यवस्थापक सुरज थापामगर आन्दोलनको समाचार संकलनका लागि फिल्डमा रहेको बेला उनीहरुमाथि आन्दोलनकारी यातायातका चालक र सह–चालकहरुले कुटपिट र स्कूटरसमेत तोडफोड गरेको प्रहरीले जनाएको छ।