त्रिवि कर्मचारीलाई सामाजिक सञ्जाल चलाउन रोक

कार्यालय समयमा अब उनीहरुले टिकटक, युट्युब, फेसबुकजस्ता सामाजिक सञ्जालको प्रयोग गर्न पाउँदैनन

जनसम्मत
भाद्र २६, २०८१, बुधबार

त्रिविका कर्मचारीलाई कार्यालय समयमा सामाजिक सञ्जाल चलाउनबाट रोक लगाइएको छ।

उनीहरुले अब कार्यालय समयमा टिकटक, युट्युब, फेसबुकजस्ता सामाजिक सञ्जालको प्रयोग गर्न पाउँदैनन्।

त्रिभुवन विश्वविद्यालयको परीक्षा नियन्त्रण कार्यालय (पनिका)ले आफ्ना कर्मचारीहरूलाई कार्यालय समयमा सामाजिक सञ्जाल चलाउन रोक लगाएको हो।

पनिकाले मंगलवार एक सूचना जारी गर्दै कर्मचारीहरूलाई कार्यालय समयमा टिकटक, युट्युब, फेसबुकजस्ता सामाजिक सञ्जालको प्रयोग पूर्ण रूपमा बन्द गर्न अनुरोध गरेको हो।

‘कार्यालय समयमा सामाजिक सञ्जालको प्रयोग भइरहेको जनगुनासो प्राप्त भएकाले अब आइन्दा ईमेल, इन्टरनेटबाट हुने कार्यालयको कामकाज बाहेक टिकटक, युट्युब, फेसबुकजस्ता सामाजिक सञ्जालको प्रयोग पूर्ण रूपमा बन्द गर्नु हुन सबैलाई सूचित गरिन्छ’, परीक्षा नियन्त्रक पुष्पराज जोशीको हस्ताक्षर रहेको सूचनामा उल्लेख छ।

निर्देशन पालना नगर्ने कर्मचारीहरूमाथि नियमानुसार कारवाही गरिने बताइएको छ।

हेरौं, पनिकाले जारी गरेको सूचना