नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको पत्रकार कल्याणकारी अक्षयकोषमा सहारा क्लव पोखराले सहयोग गरेको छ।
सहारा क्लवको २६ औं बार्षिकोत्सवको अवसरमा क्लवले आइतबार उक्त रकम बराबरको चेक मञ्चलाई प्रदान गरेको हो।
समारोहका प्रमुख अतिथि गण्डकी प्रदेशका समाजिक बिकास, युवा तथा खेलकुदमन्त्री बिन्दुकुमार थापा, क्लवका अध्यक्ष केशवराज बरालले मञ्च गण्डकीका अध्यक्ष दीननाथ बराललाई संयुक्त रुपमा चेक हस्तान्तरण गरेका हुन्।
यसअघि, मञ्च गण्डकीको उक्त अक्षयकोषमा पूर्व सल्लाहकार एवं अग्रज फोटो पत्रकार सुदर्शन रञ्जितले २५ हजार, निवर्तमान महासचिव विजय नेपालले ११ हजार १११ रुपैयाँ, अध्यक्ष दीननाथ बरालले १० हजार रुपैया सहयोग गरेका छन्।
मञ्च गण्डकीले १० लाखको अक्षयकोष स्थापना गर्ने लक्ष्य राखेको छ।
बराल नेतृत्व टिमले आफ्नो कार्यकालमा करिब १० लाखको अक्षयकोष स्थापना गर्ने लक्ष लिएको छ।
उक्त कोषमा हालसम्म व्याजसहित १ लाख रुपैयाँ जम्मा भएको मञ्चले जनाएको छ। मञ्चले उक्त अक्षयकोष संचालनको लागि छिट्टै कार्यविधि बनाउने तयारीमा छ।