काभा महिला क्लब भलिबलमा नेपाल पुलिसको लगातार तेस्रो जित

नेपाल पुलिसले ताजकिस्तानको डाइमेड भलिबल क्लबलाई ३–० को सोझो सेटमा हरायो

जनसम्मत
असाेज १, २०८१, मंगलवार

काभा महिला भलिबल क्लब च्याम्पियनसीपमा नेपाल पुलिस क्लबले लगातार तेस्रो जित हात पारेको छ।

माल्दिभ्सको मालेमा मंगलबार भएको खेलमा पुलिस क्लबले ताजकिस्तानको डाइमेड भलिबल क्लबलाई ३–० को सोझो सेटमा हरायो।

पुलिसले पहिलो सेट २५–१५, दोस्रो सेट २५–१२ र तेस्रो सेट २५–१५ ले जित्यो।

जितसँगै तीन खेलमा नौ अंक जोडेको पुलिसले फाइनल सम्भावनालाई बलियो बनाएको छ।

पुलिस क्लबले पहिलो खेलमा उज्वेकिस्तानको हुमो क्लबलाई ३–० र दोस्रो खेलमा श्रीलंकाको श्रीलंकन एअर फोर्सलाई ३–० को सेटमा हराएको थियो।

अब पुलिसले चौथो तथा समूह चरणको अन्तिम खेलमा पर्सि बिहीबार माल्दिभ्सको क्लबसँग खेल्नेछ।