काभा महिला भलिबलमा नेपाल पुलिस फाइनलमा

घरेलु टोली वाम्कोलाई पुलिसले ३–२ को सेटमा पराजित लगातार चौथो जित निकाल्यो

जनसम्मत
असाेज ४, २०८१, शुक्रबार

घरेलु टोली वाम्कोलाई पुलिसले ३–२ को सेटमा पराजित लगातार चौथो जित निकाल्यो

विभागीय टोली नेपाल पुलिस क्लबले काभा महिला भलिबल क्लब च्याम्पियनसीपमा लगातार चौथो जित निकाल्दै फाइनलमा स्थान बनाएको छ।

योसँगै ४ खेलबाट ११ अंक जोड्दै पुलिस फाइनलमा पुग्यो।

माल्दिभ्समा भइरहेको प्रतियोगितामा हिँजो घरेलु टोली वाम्कोलाई पुलिसले ३–२ को सेटमा पराजित गरेको हो।

पहिलो सेटमा वाम्कोले २१–२५ ले जित्यो।

दोस्रो सेटमा भने पुलिसले २५–२० को सेटले जित्यो।

तेस्रो सेटमा वाक्कोले २१–२५ ले जित्दै खेल २–२ मा ल्याएको थियो।

त्यसपछि खेल पाँचौँ सेटमा धकालियो।

पाँचौँ तथा निर्णायक सेटमा १५–१३ ले जितेर पुलिसले अपराजित यात्रा कायमै राख्न सफल बन्यो।

भोली, शुक्रबार प्रारम्भिक चरणको अन्तिम खेलमा नेपाल पुलिस क्लब र माल्दिभ्सको पुलिस क्लब खेल्दैछन्।

खेल बेलुका पौने ६ बजे शुरु हुनेछ ।