नेपाल पुलिस क्लबले काभा महिला भलिबल क्लब च्याम्पियनसीपमा उज्बेकिस्तानको हुमो भलिबल क्लबसँग फाइनल खेल्दैछ ।
नेपाल पुलिसले माल्दिभ्सको मालेमा भएको च्याम्पियनसीपको प्रारम्भिक चरणको ५ वटै खेलमा अपराजित रहँदै फाइनलमा पुगेको हो।
आज (शनिबार) स्थानीय समयअनुसार ८ बजे फाइनल खेल हुनेछ।
यसक्रममा पुलिसले प्रारम्भिक चरणमा हुमोलाई पनि पराजित गरेको थियो।
यसअघि, गत आइतबार भएको पहिलो खेलमा पुलिसले हुमोलाई ३–० को सोझो सेटमा पराजित गरेको थियो।
सोमबार भएको खेलमा श्रीलंकाको श्रीलंका एयर फोर्सलाई सोझो सेटमा पराजित गरेको थियो।
त्यसैगरी, मंगलबार भएको ताजिकस्तानको डाइमेड भलिबल क्बललाई पनि सोझो सेटमै हराउँदै पुलिसले आफ्नो अपराजित यात्रालाई कायम राखेको थियो।
बिहीबार घरेलु टोली वाम्कोसँग भिड्दा भने पुलिसले जितका लागि संघर्ष गर्नु परेको थियो।
बिहीबार घरेलु टोली वाम्कोलाई नेपाल पुलिसले ३–२ को सेटमा पराजित गरेको थियो।
अन्य ३ खेलमा भने नेपाल पुलिसले ३–० को सोझो सेटमा जित हासिल गरेको थियो।
काभा महिला क्लब भलिबल च्याम्पियनसीपमा नेपाल पुलिसले १५ सेट जित्दा ३ सेट मात्रै गुमायो।
काभा महिला भलिबल क्लब च्याम्पियनसीपको प्रारम्भिक चरणमा एक खेलअगावै नेपाल पुलिस क्लबले शतप्रतिशत जित निकाल्यो।
नेपाल पुलिसले शुक्रबार भएको प्रारम्भिक चरणको अन्तिम खेलमा घरेलु टोली माल्दिभ्स पुलिस क्लबमाथि ३–१ को जित निकाल्यो।
योसँगै, नेपाल पुलिसले ५ खेलबाट १४ अंक जोडेको छ।
नेपाल पुलिसले पहिलो सेट २५–१३ को सहजै जित निकाल्यो।
प्रतिस्पर्धात्मक दोस्रो सेटमा नेपाल पुलिसले २५–२१ ले आफ्नो पक्षमा निकाल्यो।
तेस्रो सेट भने नेपाल पुलिसले २३–२५ ले गुमाउन पुग्यो।
अन्तिम सेट २५–१९ ले पुनरागमन गर्दै नेपाल पुलिस विजयी बन्यो।