एसियन कप यु–२० छनोटमा नेपाली टोलीले पहिलो खेलमै लज्जाजनक हार ब्यहोरेको छ।
समूहचरणको शनिबार भएको पहिलो खेलमा नेपालले कम्बोडियासँग ४–१ ले हारेको हो।
पहिलो हाफमा नेपाल २–१ ले पछि परेको थियो।
तर, दोस्रो हाफमा फितलो प्रदर्शन गर्दै २ गोल खान पुग्यो।
नेपालका लागि एकमात्रै गोल समीर तामाङले गरेका हुन्।
कम्बोडियाका लागि भ्रेक फान,फोउक थाथाई, मीन वचनरिथ र एभ सोवान्नाराले समान १÷१ गोल गरे।
नेपालले दोस्रो खेल घरेलु टोली चाइनिज ताइपेइसँग खेल्नेछ।