साविक उपविजेता नेपाल साफ यु–१७ च्याम्पियनसीपको पहिलो खेलमै स्तब्ध बनेको छ।
नेपाल आफ्नो पहिलो खेलमा पाकिस्तानसँग १–० ले पराजित बनेको हो।
भुटानको चाङलिमिथाङ रंगशालामा आज (शनिबार) भएको खेलमा पाकिस्तानका परिवर्तित खेलाडी मोहम्मद थलहले खेलको अन्त्यतिर गोल गर्दै नेपाललाई स्तब्ध बनायो।
अन्ततः थलहले गरेको गोल नै निर्णायक बन्यो।
उनले खेलको ८२ औं मिनेटमा अब्दुल समादको कर्नरलाई हेडमार्फत पोस्टको दिशा देखाएका थिए।
मोहम्मद थलह खेलको ७० औं मिनेटमा अब्दुल घानीको स्थानमा मैदानमा प्रवेश गरेका थिए।
उनले मैदान प्रवेश गरेको ११ मिनेटमै गोल गर्न सफल भए।
समूह ‘बी’ मा रहेको नेपालले अब सोमबार श्रीलंकाको सामना गर्नेछ।
त्यसपछि, नेपालले समूह चरणको अन्तिम खेलमा बुधबार घरेलु टोली भुटानसँग प्रतिस्पर्धा गर्नेछ।
शीर्ष २ टोली सेमिफाइनलमा पुग्नेछ।
सेमिफाइनल १२ असोजमा तथा फाइनल १४ असोजमा हुनेछ।