नेपाल पुलिस क्लब काभा महिला भलिबल च्याम्पियन

पुलिसले उज्बेकिस्तानको हुमोमाथि ३–० को सोझो सेट जित्दै उपाधि जितेको हो

जनसम्मत
असाेज ५, २०८१, शनिबार

विभागीय नेपाल पुलिस क्लब काभा महिला भलिबल क्लब च्याम्पियन बनेको छ।

उज्बेकिस्तानको हुमो भलिबल क्लबलाई हराउँदै विभागीय टोली नेपाल पुलिस क्लबले काभा महिला भलिबल क्लब च्याम्पियनसीप उपाधि जितेको हो।

माल्दिभ्सको मालेमा शनिबार भएको फाइनलमा पुलिसले हुमोमाथि ३–० को सोझो सेटमा जितसहित उपाधि हात पारेको हो।

पुलिसले अपराजित रहँदै फाइनलमा स्थान बनाएको थियो।

यस क्रममा पुलिसले प्रारम्भिक चरणमा हुमोलाई यही सेटमा पराजित गरेको थियो।

पुलिसले पहिलो सेट २५–१६ ले सहजै जितेको थियो।

त्यसपछिका २ सेट भने प्रतिस्पर्धात्मक रह्यो।

हुमोको पछिल्लो २ सेट सुधारिएको प्रदर्शन थियो।

प्रतिस्पर्धात्मक दोस्रो सेटमा २५–२२ र तेस्रो सेट २५–२३ मा पुलिसले जित्यो।

पुलिस क्लबले नेपालको च्याम्पियन क्लबको हैसियतमा प्रतियोगितामा भाग लिएको हो।

प्रतियोगितामा नेपाल, माल्दिभ्स, उज्वेकिस्तान, श्रीलंका, ताजकिस्तान र कीर्गिस्तानका क्लबको सहभागिता थियो।

पुलिसले प्रतियोगिताका लागि विभागीय सशस्त्र प्रहरी बलको नेपाल एपीएफ क्लबबाट सरस्वती चौधरी र निरुता ठगुन्ना तथा न्यु डायमन्ड यु स्पोर्टस क्लबबाट सुमित्रा रेग्मीलाई अनुबन्ध गरेको थियो।