७० भन्दा बढि पत्रकारलाई काउन्सिलको सम्मान र पुरस्कार

प्रेस काउन्सिल नेपालको ५५ औं वार्षिकोत्सवको अवसरमा ५ संचार संस्था तथा काउन्सिलका कर्मचारीहरुलाई पुरस्कार र सम्मान प्रदान

जनसम्मत
असाेज ७, २०८१, सोमबार

प्रेस काउन्सिल नेपालले देशभरका पत्रकार तथा संचार संस्थाहरुलाई विभिन्न पुरस्कार र सम्मान प्रदान गरेको छ।

आफ्नो ५५ औं वार्षिकोत्सवको अवसरमा पत्रकारिता क्षेत्रमा महत्वपूर्ण योगदान गरेका र निरन्तर क्रियाशील रहेका पत्रकारहरुलाई काउन्सिलले पुरस्कार र सम्मान प्रदान गरेको हो।

काउन्सिलले अग्रज पत्रकार, गोपालदास पत्रकारिता पुरस्कार, सुरेन्द्रबहादुर बस्नेत पत्रकारिता पुरस्कार, प्रेस काउन्सिल पत्रकारिता पुरस्कार, शसक्त संचारकर्मी, क्रियाशील, युवा, महिला सशक्तिकरण, समावेशी, विधागत, साहित्यिक र भाषागतलगायतका पत्रकारिता पुरस्कार वितरण गरेको हो।

काउन्सिलका १ जना पूर्व सदस्य सचिव र ५ सदस्यहरुलाई सम्मान गरेको छ।

त्यसैगरी, काउन्सिलका पूर्व सदस्य–सचिव रघुराम विष्ट (काठमाडौं) लाई सम्मान गरेको छ।

काउन्सिलका ५ जना पूर्व सदस्यहरुलाई सम्मान गरेको छ।

काउन्सिलका पूर्वसदस्यहरु रघुजी पन्त (ललितपुर), दीपेन्द्र चौहान (पर्सा), नवलकिशोर यादव (धनुषा), प्रतीक प्रधान (काठमाडौं), जप्रकाश पण्डित (तनहुँ) लाई सम्मान गरेको हो।

त्यस्तै, काउन्सिलले १६ जना अग्रज पत्रकारहरुलाई सम्मान गरेको छ।

सम्मानीत हुने अग्रज पत्रकारहरुमा ज्ञान उदास (काठमाडौं), देवेन्द्र चुँडाल (काठमाडौं), केदारबाबु तिवारी (दाङ), चित्राङ्ग थापा (कञ्चनपुर), बलदेब अवस्थी (कञ्चनपुर), खगेन्द्र खत्री (काठमाडौं), हरिबिनोद अधिकारी (काठमाडौं), उषा लोहनी (काठमाडौं), खुर्शिद आलम (सुनसरी), विष्णुप्रसाद सुवेदी (गुल्मी), बोधराज त्रिपाठी (काठमाडौं), बालकुमार नेपाल (काठमाडौं), प्रमोदकुमार सिंह दाहाल (काठमाडौं), ईश्वरी वाग्ले (काठमाडौं), जन्मदेव जैसी (कालिकोट), ईश्वरीप्रसाद काफ्ले (महोत्तरी) छन्।

प्रेस काउन्सिल नेपालले अखण्ड भण्डारी (भोजपुर हाल काठमाण्डौं) र नेपाल प्रेस इन्स्टिच्यूट (एनपीआई) लाई संयुक्त रुपमा गोपालदास पत्रकारिता पुरस्कारबाट प्रदान गरेको छ।
गोपालदास पत्रकारिता पुरस्कार राशी १ लाख ५१ हजार र सम्मानपत्र छ।

सुरेन्द्रबहादुर बस्नेत पत्रकारिता पुरस्कारबाट पत्रकार बद्रि सिग्देल (बर्दिया हाल काठमाण्डौं) लाई सम्मान गरेको छ।

पुरस्कार राशी १ लाख १० हजार रहेको छ।

रातोपाटी डट कमलाई प्रेस काउन्सिल पत्रकारिता आचारसंहिता पुरस्कार प्रदान गरिएको छ।

पत्रकारिता आचारसंहिता पुरस्कार राशी ५० हजार छ।

उनीहरुलाई राष्ट्रपति रामचन्द्र पौडेलले पुरस्कार प्रदान गरेका हुन्।

यसैगरी, प्रेस काउन्सिल सशक्त संचारकर्मी पुरस्कारबाट ५ संचारकर्मी सम्मानित भएका छन्।
यो पुरस्कार पाउने संचारकर्मीहरुमा होम कार्की (काठमाण्डौं), प्रकाशचन्द्र तिमिल्सिना (काठमाण्डौं), श्याम श्रेष्ठ (काठमाडौं), शिवराज भट्ट (कैलाली), लिलाराज भटराई (सुनसरी) छन्।

पुरस्कार राशी २० हजार रुपैयाँ रहेको छ।

यस्तै, १४ जना पत्रकारहरु प्रेस काउन्सिल क्रियाशील पत्रकारिता पुरस्कारबाट सम्मानित भएका छन्।

क्रियाशील पत्रकारिता पुरस्कारबाट सम्मानित हुने पत्रकारहरुमा दुर्गा खनाल (काठमाडौं), कृष्णा पौडेल (काठमाडौं), दिपक रिजाल (काठमाडौं), रोशन श्रेष्ठ (काठमाडौं), खडकबहादुर श्रेष्ठ ‘प्रताप’ (पर्सा), प्रकाशचन्द्र भट्टराई (तनहुँ), दिलिप पौडेल (बाग्लुङ, हाल काठमाडौ), ध्रुव सुवेदी (भोजपुर), रमेश तिवारी (झापा) शन्तराम बिडारी (मकवानपुर, हाल काठमाडौँ), राजेन्द्र कार्की (जाजरकोट), लक्ष्मण तिवारी (कञ्चनपुर), भरतराज विष्ट (कालिकोट) र सविन प्रियासन ‘चौधरी’ (दाङ) छन्।

क्रियाशील पत्रकारिताको पुरस्कार राशी जनही १२ हजार रुपैयाँ छ।

त्यसैगरी, काउन्सिलले ११ जना युवा पत्रकारलाई प्रेस काउन्सिल नेपाल युवा पत्रकारिता पुरस्कारबाट सम्मान गरेको छ।

सम्मानित हुनेहरुमा प्रेस काउन्सिल युवा पत्रकारिता पुरस्कार आश गुरुङ (लमजुङ), संगीता तिमिल्सिना (बाजुरा), पुष्प बराल (झापा), भानुभक्त आचार्य (कैलाली), अरुण बम (डोटी), रुद्रमणि भुसाल (अर्घाखाँची), प्रविर ददेल (रुकुम पश्चिम), केदार शिवाकोटी (दोलखा), अनिल खत्री (गुल्मी) (नारायण ढुंगाना (चितवन) र मुकुन्द भण्डारी (काठमाडौं) छन्।

युवा पुरस्कार राशी १० हजार रुपैयाँ रहेको छ।

संचार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले उनीहरुलाई उक्त पुरस्कारबाट सम्मान गरेका हुन्।

त्यस्तै, ५ जना महिला पत्रकारहरु प्रेस काउन्सिल महिला सशक्तिकरण पुरस्कारबाट सम्मानित भएका छन्।

महिला सशक्तिकरण पुरस्कारबाट सम्मानित हुने पत्रकारहरुमा प्रतिक्षा काफ्ले (स्याङ्जा), इन्दिरा अर्याल (पाल्पा), शारदा पोखरेल (बारा), कालिका खड्का (दोलखा, हाल काठमाडौँ) र रुपनी जीएम (बाँके) छन्।

महिला सशक्तिकरण पुरस्कार राशी १० हजार रहेको छ।

संचार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले उनीहरुलाई सो पुरस्कारबाट सम्मान गरेका हुन्।

त्यसैगरी, ५ जना पत्रकारहरुलाई प्रेस काउन्सिल समावेशी पत्रकारिता पुरस्कार प्रदान गरिएको छ।

यो पुरस्कार पाउनेहरुमा रमेश विश्वकर्मा (गुल्मी), श्रवण देव (सप्तरी) , बिना श्रीवास्तव (रौतहट), श्यामबाबु यादव (बारा) र रामसुकुल मण्डल (महोत्तरी) छन्।

संचार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले उनीहरुलाई उक्त पुरस्कारबाट सम्मान गरेका हुन्।

यस्तै, ६ जना पत्रकारहरुलाई प्रेस काउन्सिल विधागत पत्रकारिता पुरस्कार प्रदान गरेको छ।

यो पुरस्कार पाउनेहरुमा निरजराज जोशी (काठमाडौं), ज्ञानेन्द्र कार्की ‘फोटो पत्रकार’ (काठमाडौं), भागवत भट्टराई (काठमाडौं), अखिल सिटौला (काठमाडौं), श्यामकृष्ण दाहाल (काठमाडौं) र प्रकाश आचार्य (रुपन्देही) छन्।

उनीहरुलाई संचार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले उनीहरुलाई सो पुरस्कारबाट सम्मान गरेका हुन्।

प्रेस काउन्सिल साहित्यिक पत्रकारिता पुरस्कार हाम्रो पुरुषार्थ त्रैमासिक साहित्यिक पत्रिकाका प्रकाशक शशि पन्थी र किरण पुस्तकालय गुल्मीले पाएको छ।

नेपाल भाषा, लहना साप्ताहिकका प्रकाशक नृपेन्द्रलाल श्रेष्ठलाई प्रेस काउन्सिल भाषागत पत्रकारिता पुरस्कार गरिएको छ।

प्रेस काउन्सिलको कार्यालयमा कार्यरत सह–प्रशासकीय अधिकृत रामशरण बोहरा र मिडिया अनुगमनकर्ता विशालप्रसाद पौडेललाई प्रेस काउन्सिल नेपाल उत्कृष्ट कर्मचारी पुरस्कारबाट पुरस्कृत गरिएको छ।

हल्का सवारी चालक दिलिप देवकोटा र यमबहादुर बुढाथोकीलाई काउन्सिलको कर्मचारी प्रोत्साहन पुरस्कारबाट पुरस्कृत गरिएको छ।

काउन्सिलका सहायक विष्णु न्यौपानेलाई दीर्घ सेवा पदकबाट विभुषित गरिएको छ।