साविक उपविजेता नेपालले साफ यु–१७ च्याम्पियनसीप फुटबलको अफ्नो दोस्रो खेलमा शान्दार प्रदर्शन गरेको छ।
प्रतिस्पर्धात्मक पहिलो खेलमा पाकिस्तानसँग हार्न पुगेको नेपालले दोस्रो खेलमा श्रीलंकामाथि शान्दार जित निकालेको छ।
भुटानको चाङलिमिथाङ स्टेडियममा आज (सोमबार) भएको खेलमा नेपालले श्रीलंकालाई ४–० गोलले हरायो।
नेपालका लागि सुजन डंगोलले ह्याट्रिक तथा विज्ञान खड्काले १ गोल गरे।
श्रीलंकालाई हराएसँगै नेपालले ३ अंक जोडेको छ।
समूह ‘बी’ मा रहेको नेपालले अब समूह चरणको अन्तिम खेलमा पर्सि घरेलु टोली भुटानसँग खेल्नेछ।
समूह ‘बी’ मा नेपालसहित घरेलु भुटान, पाकिस्तान र श्रीलंका छन्।
समूह ‘ए’ मा भारत, माल्दिभ्स र बंगलादेश छन्।
प्रतियोगिताका शीर्ष २ टोली सेमिफाइनलमा पुग्नेछन्।
सेमिफाइनल खेल असोज १२ गते शनिवार र फाइनल खेल असोज १४ गते सोमवार हुने तालिका छ।