२० वर्षमुनिको महिला विश्वकप फुटबलको उपाधि उत्तर कोरियाले जितेको छ।
कोलम्बियामा भएको खेलमा जापानलाई १–० गोलले हराउँदै उत्तर कोरियाले उपाधि जितेको हो।
जितसँगै जर्मनी र अमेरिकासँगै उत्तर कोरिया विश्वकपमा सबैभन्दा सफल महिला फुटबल टोली बनेको छ।
२० वर्षमुनिको महिला विश्वकपमा ३ वटा देशले समान तेस्रो पटक उपाधि जितेका छन्।
जापानलाई पराजित गर्न उत्तर कोरियाकी चो इल सनले खेलको १५ औं मिनेटमा गोल गरिन्।
उत्तर कोरियाले यस प्रतियोगितामा आफ्ना सबै खेल जितेको छ।
१७ वर्षीय चो इल सन प्रतियोगितामा सर्वाधिक गोल गर्ने खेलाडी हुन्।
६ गोल गरेकी उनले गोल्डेन बुट अवार्डसमेत जितिन्।