मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई काठमाडौँ जिल्ला अदालतले थप ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको छ।
यसअघि, विद्युतीय कारोबार ऐन–२०६३ अनुसार अनुसन्धान गर्न ३ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको थियो।
असोज ६ मा पक्राउ परेका प्रसाईंलाई अनुसन्धान गर्नका लागि साइबर ब्यूरोले ७ दिनको समय मागेर बुधबार अदालतमा पेस गरेको हो।
प्रसाईंविरुद्ध ‘चरित्रहत्या गरेको’ भन्दै प्रहरीमा जाहेरी परेको छ।
तस्बीर फाइल