१७ वर्ष मुनिको साफ च्याम्पियनसीपमा घरेलु टोली भुटानलाई हराउँदै नेपालले सेमिफाइनलमा स्थान बनाएको छ।
भुटानको राजधानी थिम्पुस्थित चङ्लिमिथाङ रंगशालामा बुधबार राति भएको खेलमा नेपालले भुटानलाई २–१ ले हराउँदै फाइनलमा स्थान बनाएको हो।
नेपालको जितमा कृष्णबहादुर आले र सुजन डंगोलले गोल गरे।
घरेलु टोली भुटानका योनतेन थारचेनले गोल गरे।
यो नेपालको दोस्रो जित हो।
समूह चरणको ३ खेलमा २ जित र एक हारसहित नेपालले ६ अंक बटुल्यो।
नेपाल समूह उपविजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको हो।
एक खेल बराबरी र २ जितमा ७ अंक बनाएको पाकिस्तान समूह विजेता बन्दै अन्तिम चारमा परेको हो।
भुटानले १ जीत १ बराबरी र १ हारमा ४ अंक मात्र जोडेपछि तेस्रो स्थानमा रहँदै समूह चरणबाट बाहिरियो।
समूहको सबैभन्दा कमजोर श्रीलंका ३ खेलमा हार बेहोर्दै अंकबिहिन बन्यो।
नेपाल पहिलो खेलमा पाकिस्तानसँग १–० ले हार्दा दोस्रो खेलमा श्रीलंकालाई ४–० ले हराउन सफल भएको थियो।
अब, नेपालले सेमिफाइनलमा भारतसँग खेल्नेछ।
शनिबार नेपाल र भारतबीचको सेमिफाइनल खेल हुनेछ।
भारत समूह ’ए’ को विजेता बन्दै सेमिफाइनलमा पुगेको हो।