अखिल (क्रान्तिकारी) को २३ औँ राष्ट्रिय सम्मेलन सुरु

सम्मेलनबाट पदाधिकारीसहित २४३ सदस्यीय नयाँ केन्द्रीय समिति चयन गरिनेछ

जनसम्मत
असाेज १०, २०८१, बिहीवार

अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी संगठन (क्रान्तिकारी) को २३ औं राष्ट्रिय सम्मेलन सुरु भएको छ।

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को विद्यार्थी भातृ मोर्चाको राष्ट्रिय बिहीबारदेखि काठमाडौंमा सुरु भएको हो।

पूर्वप्रधानमन्त्री एवम् माओवादी नेता पुष्पकमल दाहालले सम्मेलनको उद्घाटन गरेका हुन्।

नयाँ नेतृत्व चयनलगायत शैक्षिक विषयमा केन्द्रीत रहेर सम्मेलन ४ दिनसम्म चल्नेछ।

त्रिभुवन विश्वविद्यालय स्मृति भवनमा सुरु भएको राष्ट्रिय सम्मेलनमा २ हजार ३२३ प्रतिनिधि सहभागी भएको संगठनले जनाएको छ।

सम्मेलनबाट पदाधिकारीसहित २४३ सदस्यीय नयाँ केन्द्रीय समिति चयन गरिने संगठनले जनाएको छ।