अखिल क्रान्तिकारीको महाधिवेशन जारी

आज बन्दसत्र, आइतबार नेतृत्व चयनका लागि निर्वाचन

जनसम्मत
असाेज ११, २०८१, शुक्रबार

अनेरास्ववियु क्रान्तिकारीको जारी महाधिवेशन अन्तर्गत आज (शुक्रबार) बन्दसत्र हुँदैछ।

बन्द सत्र बिहान ११ बजेदेखि सुरु हुने जनाएको छ।

बन्दसत्रमा विधान र प्रतिवेदन पेश गरिने बताइएको छ।
बन्दसत्रमा विधान पेस भइसकेपछि समूह विभाजन गरी छलफल हुनेछ।

शनिबार बिहान ८ बजेदेखि विधान प्रतिवेदन उपर समूहगत छलफलको निष्कर्ष तथा रिपोर्टिङ हुने र प्रतिनिधिहरूको नामावली निर्वाचन समितिले सार्वजनिक गर्ने जनाएको छ।

त्यस्तै, असोज १३ गते बिहान ८ बजेदेखि निर्वाचनको कार्यक्रम सुरु हुनेछ।

असोज १४ गते बिहान ८ बजेदेखि मतदान सुरु हुने तालिका छ।

यस महाधिवेशनमा २ हजार ३२३ प्रतिनिधि सहभागी छन्।

अखिल क्रान्तिकारीले प्रत्यक्ष निर्वाचन प्रक्रियाद्वारा नयाँ नेतृत्व चयन गर्ने तयारी गरेको छ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विहिबार त्रिभुवन विश्वविद्यालयको स्मृति हलमा अखिल क्रान्तिकारीको २३ औं राष्ट्रिय सम्मेलनको उद्घाटन गरेका थिए।