औपचारिक रुपमा अन्तरदेशीय पेट्रोलियम पाइप संचालनमा आयो

प्रधानमन्त्री ओली र मोदीद्वारा स्वीच थिचेर पेट्रोलियम पाइपलाइनको उद्घाटन

जनसम्मत
असाेज ६, २०७६, सोमबार

नेपाल–भारत अन्तरदेशीय पेट्रोलियम पाइप लाइन आजदेखि औपचारिक संचालनमा आएको छ।

प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी नरेन्द्र मोदीले आ–आफ्नो देशबाट बटन थिचेर पाइपलाइन परियोजनाको उद्घाटन गरेका छन्।

दिल्लीबाट भारतीय प्रधानमन्त्री मोदीले स्वीच थिचेपछि बरौनीमा नेपाल आउने तेलको पाइप अन भएको थियो।

सिंहदरबारबाट प्रधानमन्त्री केपी शर्मा ओलीले रिसिभ स्वीच थिचेपछि अमलेखगञ्जमा तेल झर्न शुरु भएको आयल निगमका प्रवक्ता वीरेन्द्र गोइतले जानकारी दिएका छन्।

प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबार, भारतीय प्रधानमन्त्रीको कार्यालय, नेपाल आयल निगमको अम्लेखगञ्ज डिपो तथा भारतीय आयल निगमको मोतीहारी डिपो कार्यालय भिडियो कन्फरेन्समार्फत प्रत्यक्ष जोडिएका थिए।

भारतको मोतीहारीदेखि नेपालको अमलेखगन्जसम्म ६९ दशमलव २ किलोमिटर लामो पाईपलाईनबाट नियमित तेल डिपोमा जम्मा हुनेछ।