एभरेस्ट महिला भलिबल लिग सुरु भएको छ।
त्रिपुरेश्वरमा रहेको राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा आज (सोमबार) फ्रेन्चाइज महिला भलिबल लिग सुरु भएको हो।
उद्घाटन खेलमा ललितपुर क्विन्सले काठमाण्डौ स्पाइकर्सलाई ३–१ को सेटमा हरायो।
पहिलो सेट ललितपुरले २५–२० ले जित्दा दोस्रो सेट काठमाण्डौले २५–२१ ले जित्यो।
त्यसपछि, ललितपुरले तेस्रो सेटमा २५–२१ र चौथो सेट २५–१९ ले जित्यो।
प्रतियोगिताअन्तर्गत दोस्रो खेलमा मधेश युनाइटेड र कर्णाली यश्भिस खेल्दैछन्।
यस्तै आजै तेस्रो खेलमा चितवन शक्ति र गण्डकी थन्डर्स खेल्दैछन्।
प्रतियोगितामा ६ वटा फ्रेन्चाइज टोली सहभागी छन्।
नेपालमै पहिलो पटक आयोजना गरिएको फ्रेन्चाइज भलिबल लिग आगामी शनिवारसम्म चल्नेछ।
यस लिगका लागि हरेक टोलीमा १२ खेलाडी छन्।
राउन्ड रोबिन लिगका आधारमा खेल हुनेछन्।
राउन्ड रोबिनका सबै खेलपछि तालिकाको शीर्ष २ टोलीबीच असोज १९ गते फाइनल खेल हुनेछ।