त्रिदेशीय टी–२० श्रृंखलामा नेपाल क्यानाडासँग पराजित

नेपालले दिएको १ सय ४० रनको लक्ष्य क्यानडाले ३ बलअगावै ६ विकेटको क्षतिमा भेट्टायो

जनसम्मत
असाेज १६, २०८१, बुधबार

त्रिदेशीय टी–२० क्रिकेट श्रृंखलामा नेपाल क्यानाडासँग विकेटले पराजित

त्रिदेशीय टी–२० क्रिकेट श्रृंखलामा नेपाल क्यानाडासँग विकेटले पराजित ४ विकेटले पराजित बनेको छ।

मंगलबार राति भएको खेलमा नेपाल घरेलु क्यानडासँग ४ विकेटले पराजित भएको हो।

सिरिजको अघिल्लो खेलमा नेपाल क्यानडासँग १४ रनले पराजित भएको थियो।

पछिल्लो समय नेपाली टोली एक दिवसीय र टी–२० का समान २ खेलमा क्यानडासँग पराजित भएको छ।

नेपालले दिएको १ सय ४० रनको लक्ष्य क्यानडाले ३ बलअगावै ६ विकेटको क्षतिमा भेट्टायो।

क्यानडाका साद विन जफर ३३ र रविन्द्रपाल सिंह २० रनमा अविजित रहे।

कप्तान निकोलस कीर्तन २६ र ओपनर दिलप्रित बाज्वा २५ रनमा पेभेलियन फर्के।

नेपालका लागि ललित राजवंशी र सन्दीप लामिछानेले समान २÷२ विकेट लिए।

सोमपाल कामीले एक विकेट झारे।

त्यसअघि किङ सिटीमा क्यानडाले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको नेपाली टोलीले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १ सय ३९ रनको योगफल तयार पारेको थियो।

पहिलो विकेटका लागि ओपनर अनिल शाह र आशिफ शेखले १ ओभरमा ७० रनको साझेदारी गर्दै नेपाललाई राम्रो सुरुवात दिलाएपनि त्यसपछिका ब्याटरले आक्रमक खेल प्रस्तु गर्न सकेनन्।

अनिल शाह ४१ र आशिफ शेख ३० रनमा आउट भए।

कुशल भुर्तेलले १३ रन जोडे।

दिपेन्द्र सिंह ऐरीले १२ रन थपे।

गुल्सन झाले २३ रन जोडे।

करण केसी ८ रनमा अविजित रहे।

सिरिजको अन्तिम खेलमा नेपालले आज (बुधबार) ओमानसँग खेल्नेछ।

ओमानसँगको पहिलो खेलमा नेपालले ३७ रनको जित निकालेको थियो।

सिरिजपछि नेपाली टोली आइसीसी विश्वकप लिग–२ अन्तर्गत स्कटल्यान्ड सम्मिलित त्रिकोणात्मक सिरिजका लागि अमेरिका प्रस्थान गर्नेछ।