रग्बीको ‘च्यालेन्ज थर्ड’ मा नेपालको पुरुष टोली पराजित

अफगानिस्तानसँग घरेलु नेपाली टोली २२–७ ले हारेको हो

जनसम्मत
असाेज १९, २०८१, शनिबार

नेपालको पुरुष टोली एसिया रग्बी सेभेन्स ट्रफीको ‘च्यालेन्ज थर्ड’ मा पराजित भएको छ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबार भएको खेलमा अफगानिस्तानसँग नेपाल २२–५ को फराकिलो स्कोरमा पराजित भएको हो।

एक समय नेपाल र अफगानिस्तानको स्कोर ५–५ थियो।

तर, नेपालले सेकेन्ड हाफमा बलियो प्रदर्शन गर्न सकेन।

तुलनात्मक रूपमा कमजोर प्रदर्शन गर्दै अफगानिस्तानलाई लगातार अंक सुम्पियो।

नेपाल त्यही ५ स्कोरमा रोकिँदा अफगानिस्तानले भने थप १७ स्कोर जोड्यो।

योसँगै नेपाल २२–५ को स्कोरमा पराजित हुन पुग्यो।

यसअघि, नेपाल ‘च्यालेन्ज’मा कतारसँग ३३–० ले पराजित भएको थियो।

तस्बीरः एजेन्सी