फिलिपिन्सको दुवै टोली एसिया रग्बी इमिरेट्स सेभेन्स ट्रफी–२०२४ को च्याम्पियन बनेको छ।
चाइनिज ताइपेईलाई पराजित गर्दै फिलिपिनी पुरुष टोलीले एसिया रग्बीको पुरूषतर्फको उपाधि जितेको हो।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबार भएको फाइनलमा चाइनिज ताइपेईलाई २७–१४ को स्कोरले पराजित गर्दै फिलिपिन्सले उपाधि हात पारेको हो।
खेलको सुरूआतदेखि नै चाइनिज ताइपेईलाई फिलिपिन्सले दबाबमा राख्न सफल भएको थियो।
उक्त दबाब अन्तिमसम्म कायम राख्दै फिलिपिन्स विजेता बन्यो।
यसैगरी, महिलातर्फको उपाधि भिडन्तमा फिलिपिन्सले भारतलाई ७-५ को स्कोरले निरास बनायो।
इन्डोनेसियालाई पराजित गर्दै गुआमले एसिया रग्बी इमिरेट्स–२०२४ मा तेस्रो स्थान हात पारेको छ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबार तेस्रो स्थानका लागि भएको खेलमा गुआमले इन्डोनेसियालाई २२-१९ ले पराजित गरेको हो।
इन्डोनेसियाले सुरूआतीदेखि नै गुआमसँग प्रतिस्पर्धात्मक खेल पस्किएको थियो।
एक समय इन्डोनेसिया १९–२० को स्कोरमा पुगेपनि अग्रता लिन सकेन ।
इन्डोनेसियाले थप अंक बटुल्दै जित हासिल गर्यो।
सेमिफाइनलमा फिलिपिन्ससँग इन्डोनेसिया १९–१० ले पराजित भएको थियोे।
गुआम भने भारतसँग २४–७ ले पराजित हुन पुग्यो।
।
एसिया रग्बीको आयोजना र नेपाल रग्बी संघको व्यवस्थापनमा सम्पन्न प्रतियोगितामा एसियाका १६ राष्ट्रले प्रतिस्पर्धा गरेका थिए । जसमा पुरूषतर्फ १४ र महिलातर्फ सात टोली सहभागी थिए।
च्याम्पियन बनेसँगै फिलिपिन्सका दुवै टोलीले अर्को वर्ष हुने एसिया रग्बी सेभेन्स सिरिजमा स्थान पक्का गरेका छन्।
तस्बीरः एजेन्सी