सिधाकुराका प्रकाशक कँडेल र सम्पादक ढुंगाना जेलमुक्त

सर्वोच्च अदालतको आदेशअनुसार निःशर्त माफी मागेर ७ दिनमा जेलमुक्त भए सिधाकुराका २ पत्रकार जेलमुक्त भएका हुन्

जनसम्मत
असाेज २०, २०८१, आइतबार

सिधाकुरा अनलाइनका २ पत्रकार सर्वोच्च अदालतको आदेशअनुसार निःशर्त माफी मागेपछि जेलमुक्त भएका छन्।

प्रकाशक युवराज कँडेल र सम्पादक नवीन ढुंगाना ७ दिन कारागार बसेपछि माफी मागेर रिहा भएका हुन्।

सर्वोच्च अदालतले उनीहरूलाई अदालतको अवहेलना मुद्दामा दोषी ठहर गर्दै ३ महिना जेल सजाय सुनाएको थियो।

अदालतको आदेशमा उनीहरूले गल्ती पुनः गल्ती नगर्ने प्रतिबद्धतासहित निःशर्त लिखित माफी मागेमा सजाय ७ दिनमा छोट्याउन सकिने भनेको थियो।

प्राप्त सूचनाको वैधानिकता परीक्षण नगरी न्यायिक प्रक्रियामा अवरोध पुग्नेगरी अफवाह फैलाउने कार्य गरेको आरोपमा उनीहरूलाई सजाय सुनाइएको थियो।

सिधाकुराले ‘द डार्क फाइल’ नामको कार्यक्रममा एउटा अडियो प्रसारण गरेको थियो।

जुन अडियोका आधारमा सर्वोच्चका न्यायाधीश, ठूला मिडियाका मालिकसहित केही प्रतिष्ठित व्यक्तिहरूमाथि गंभीर आरोप लगाइएको थियो।