राहत कोषमा एकै दिन (आइतबार) १० करोड बढी सहयोग

सहयोग गर्ने अन्यमा नेपाल इन्स्योरेन्सको ५० लाख, एनएमबी बैंकको ५१ लाख, मेटलाइफ इन्स्योरेन्सको २५ लाख छ

जनसम्मत
असाेज २०, २०८१, आइतबार

प्रधानमन्त्री उद्धार कोषमा एकै दिन आज (आइतबार) मात्रै १० करोड बढी सहयोग रकम संकलन भएको छ।

विभिन्न सहयोगी संघसंस्थाका प्रतिनिधिहरुले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आज (आइतबार) प्रधानमन्त्री केपी शर्मा ओलीलाई सो रकम बराबरका सहयोग प्रदान गरिएको हो।

आइतबार नेपाल इन्स्योरेन्सका तर्फबाट अध्यक्ष लक्ष्मण पौडेलले ५० लाख रुपैयाँ सहयोग प्रदान गरेका छन्।

त्यसैगरी, एनएमबी बैंकका अध्यक्ष मनोज गोयलले ५१ लाख रुपैयाँ प्रदान गरेका छन्।

यस्तै, मेटलाइफ इन्स्योरेन्सका उपाध्यक्ष निर्मलकाजी श्रेष्ठले २५ लाख हस्तान्तरण गरेका छन्।

उक्त रकमसहित आजका मिति प्रधानमन्त्री ओलीसमक्ष कोषका लागि१० करोड २६ लाख बढी रकम हस्तान्तरण भएको छ।

सहयोग गर्ने सबै संस्थाहरूलाई प्रधानमन्त्री ओलीले धन्यवाद दिएका छन्।

प्रधानमन्त्री ओलीले संकटका समयमा मिलेको साथ अमूल्य हुने बताएको जानकारी प्रधानमन्त्रीको सचिवालयले दिएको छ।

हेरौं, रकम हस्तान्तरणका थप २ तस्बीरहरु

 

तस्बीरः प्रधानमन्त्रीको सचिवालय

 

 

 

््