काभा २० वर्षमुनिको पुरुष भलिबल च्याम्पियनसीपमा नेपालले विजयी सुरुआत गरेको छ।
कोलम्बोको सुगाथादासा रंगशालामा आज (आइतबार) भएको खेलमा नेपालले घरेलु टोली श्रीलंकालाई ३–० को सोझो सेटमा हरायो।
नेपालले पहिलो सेट २५–१४, दोस्रो सेट २५–२३ र तेस्रो सेट २८–२६ ले जित्यो।
आउँदो शनिवारसम्म चल्ने प्रतियोगितामा नेपालसहित आयोजक श्रीलंका, माल्दिभ्स, किर्गिस्तान, उज्वेकिस्तान र तुर्कमेनिस्तान गरी ६ वटा क्षेत्रीय टोलीले प्रतिस्पर्धा गर्नेछन्।
दोस्रो खेलमा नेपालले भोलि (सोमबार) उज्वेकिस्तानसँग प्रतिस्पर्धा गर्नेछ।
त्यसैगरी, नेपालले तेस्रो खेलमा पर्सि (मंगलबार) माल्दिभ्ससँग प्रतिस्पर्धा गर्नेछ।
चौथो खेलमा नेपालले बुधबार किर्गिस्तानसँग खेल्नेछ।
नेपालले पाँचौं खेलमा असोज २५ गते तुर्किमिनिस्तानसँग खेल्ने तालिका छ।
प्रतियोगिताको शीर्ष २ मा रहने टोलीबीच असोज २६ गते फाइनल हुनेछ।