पोखरा–३३ भरतपोखरीको नेरेसो उपशाखामा शुभकामना आदान–प्रदान

बलबहादुर केसी अध्यक्षतामा ११ सदस्यीय नेपाल युवा रेडक्रस सर्कल भरतपोखरी गठन गरिएको छ

जनसम्मत
असाेज २०, २०८१, आइतबार

नेपाल रेडक्रस सोसाइटी पोखरा–३३ उपशाखा भरतपोखरीले बडादशैंँ, दिपावली, छठलगायतका चाडपर्वका अवसरमा शुभकामना आदान–प्रदान कार्यक्रम गरेको छ।

कार्यक्रमका प्रमुख अतिथि नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा कास्कीका सदस्य तथा जुनियर युवा समिति संयोजक रमेशराज भण्डारीले रेडक्रसका आदर्श र सिद्धान्तलगायतका विषयमा प्रकाश पारे।

नेपाल रेडक्रस सोसाइटी पोखरा–३३ उपशाखाका सभापति टुकराज भण्डारीले शाखाका गतिविधिबारे प्रकाश पारे।

कार्यक्रमका सहभागीलाई युवराज शर्माले डेँगी रोग नियन्त्रणसम्बन्धमा सचेतनामुलक प्रशिक्षण दिएका थिए।

पोखरा महानगरपालिका–३३ का वडासदस्य प्रकाश कार्की, रेडक्रस सोसाइटी कास्की जिल्ला समितिका सदस्य डिल्लीराम बराल, बुद्धिजीवि नन्दलाल काफ्ले, युवा समाजसेवी दिनेश आचार्य, रामजीप्रसाद अधिकारी, ई.कृष्णप्रसाद अधिकारीलगायतले रेडक्रसको प्रभावकारी भूमिकालगायतका विषयमा प्रकाश पारेका थिए।
उपशाखाका सभापति भण्डारीको सभापतित्व एवं सचिव तुलशीमणि अधिकारीले संचालन गरेको कार्यक्रममा स्वागत उपसभापति शान्तिदेवी अधिकारीले गरेकी थिइन्।

रेडक्रसका ७ सिद्धान्त प्राप्ति भण्डारीले वाचन गरेकी थिइन्।

कार्यक्रमकै अवसरमा बलबहादुर केसी अध्यक्षतामा ११ सदस्यीय नेपाल युवा रेडक्रस सर्कल भरतपोखरी गठन गरिएको छ।