राहत कोषमा एकैदिन (सोमबार) ४ करोड ७९ लाख सहयोग

गत असोज ११ र १२ गते आएको बाढी तथा पहिरोबाट पीडितको राहत तथा पुर्नस्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग आउने क्रम जारी छ

जनसम्मत
असाेज २१, २०८१, सोमबार

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एकैदिन आज (सोमबार) विभिन्न संस्थाबाट ४ करोड ७९ लाख १० हजार ३ सय ९० सहयोग प्राप्त भएको छ।

नेशनल हाइड्रोपावर विद्युत् कम्पनी (भारत सरकार) बाट १ करोड, प्रभु बैंकबाट रु १ करोड, अरुण तेस्रो पावर कम्पनीबाट १ करोड, एभरेष्ट बैंक लि. बाट. ५० लाख, प्राइम बैंकबाट ३१ लाख रकम कोषमा सहयोगस्वरुप जम्मा भएको हो।

त्यस्तै, प्रभु इन्स्योरेन्सबाट २५ लाख, प्रभु महालक्ष्मीबाट २५ लाख, प्रभु क्यापिटलबाट २५ लाख, हाइड्रो इलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनीबाट १० लाख, इनर्जी ट्रीबाट ८ लाख १ हजार र नवीन कोइराला नुवाकोट हाल अमेरिकाबाट ५ लाख ९ हजार ३ सय ९० गरी जम्मा ४ करोड ७९ लाख १० हजार ३ सय ९० रुपैयाँ उक्त कोषमा प्राप्त भएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ।

तस्बीरः प्रधानमन्त्रीको निजी सचिवालय