नेपाल काभा यु–२० भलिबलको फाइनलमा पुग्यो

उपाधिका लागि नेपालले भोली (शनिबार) उज्वेकिस्तानसँग फाइनल खेल्ने

जनसम्मत
असाेज २५, २०८१, शुक्रबार

सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) यु–२० च्याम्पियनसीपमा नेपालले फाइनलमा स्थान बनाएको छ।

नेपालले फाइनलमा उज्वेकिस्तानसँग उपाधिका लागि खेल्नेछ।

प्रतियोगिताको शीर्ष २ टोली नेपाल र उज्वेकिस्तानबीच भोलि (शनिवार) फाइनल खेल हुनेछ।

नेपालले ५ खेलबाट १० अंक जोडेर फाइनल पुगेको हो।

तुर्कमेनिस्तानसँग समान अंक भएपनि सेटको जीतका आधारमा नेपाल फाइनलमा पुगेको हो।

उता, उज्वेकिस्तान भने समूह चरणका सबै ५ वटै खेल जितेर शीर्ष स्थानमा रहँदै फाइनलमा पुगेको हो।

नेपालले लिग चरणको अन्तिम खेलमा तुर्केमेनिस्तानलाई हराएसँगै फाइनल पुगेको हो।

श्रीलंकाको कोलम्बोस्थित सुगाथादासा रंगशालामा आज (शुक्रबार) भएको खेलमा नेपालले तुर्कमेनिस्तानलाई ३–० को सोझो सेटमा हराएको हो।

नेपालले त्ुर्केमेनिस्तानलाई पहिलो सेटमा २५–१४ ले हरायो।

त्यसैगरी, दोस्रो सेटमा नेपालले २५–२१ को जित निकाल्यो।

तेस्रो सेटमा २५–२० ले जित्यो।

यो खेल नेपालको लिग चरणको पाँचौ तथा अन्तिम खेल हो।

यस प्रतियोगिताको लिग चरणका खेलहरुमा नेपाल उज्वेकिस्तान र किर्गिस्तानसँग पराजित भएको छ भने माल्दिभ्स, श्रीलंका र तुर्कमेनिस्तानलाई हराएको छ।

यसअघि, श्रीलंका र माल्दिभ्सलाई समान ३–० को सोझो सेटमा पराजित गरेको थियो।

त्यस्तै, नेपालले उज्वेकिस्तानसँग ३–१ र किर्गिस्तानसँग ३–२ सेटको हार ब्यहोरेको थियो।

प्रतियोगितामा नेपालसहित आयोजक श्रीलंका, माल्दिभ्स, किर्गिस्तान, उज्वेकिस्तान र

तुर्कमेनिस्तान गरी ६ वटा क्षेत्रीय टोलीको प्रतिस्पर्धा थियो।

तस्बीरः काभा