राहत कोषमा हालसम्म १ अर्ब ७४ करोड रुपैयाँ सहयोग

न्यूज एजेन्सी राष्ट्रिय समाचार समिति (रासस) ले समेत ३ लाख २६ हजार ३८ रुपैयाँ राहत कोषमा दाखिला गरेको छ

जनसम्मत
असाेज ३०, २०८१, बुधबार

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा हाल (बुधबार) १ अर्ब ७४ करोड ४७ लाख २७ हजार ६३४ रुपैयाँ दाखिला भएको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले सार्वजनिक गरेको विवरणअनुसार कोषमा दाखिला भएको सो रकम आज (बुधबार) सम्मको हो।

कोषमा संस्थागत एवं व्यक्तिगत रूपमा पनि रकम दाखिला भएको छ।

असोज ३० गते कोषमा विद्याधर मल्लिकसहित १० संगठित संस्थाले रकम प्रदान गरेका छन्।

न्यूज एजेन्सी राष्ट्रिय समाचार समिति (रासस) ले समेत ३ लाख २६ हजार ३८ राहत कोषमा दाखिला गरेको छ।

यसैगरी, कोषमा रकम जम्मा गर्ने अन्य संस्थामा साल्ट ट्रेडिङ कर्पोरेसन, गैर आवासीय नेपाली संघ (एनआरएनए), नेपाल प्रहरी श्रीमती संघ, नेपाल इन्सुरेन्स कम्पनी, विद्युत उत्पादन कम्पनीलगायतका छन्।