टी–२० क्रिकेटमा नेपालले अमेरिकालाई ’सुपर ओभर’ मा हरायो

अमेरिकाले दिएको ३ रनको लक्ष्य नेपालले ४ बलमा भेटायो, सुपर ओभरमा अमेरिकाले २ रन मात्रै बनायो

जनसम्मत
कार्तिक ४, २०८१, आइतबार

दोस्रो टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालले अमेरिकालाई सुपर ओभरमा हराएको छ।

अमेरिकाले दिएको ३ रनको लक्ष्य नेपालले ४ बलमा भेटायो।

सुपर ओभरमा अमेरिकाले २ रन बनाएको थियो।

नेपालका सोमपाल कामीले २ रन दिएर २ विकेट लिए।

त्यसअघि, नेपालले दिएको १ सय ७१ रनको लक्ष्य पछ्याएको अमेरिकाले २० ओभरमा ८ विकेट गुमाएर १ सय ७० रनमात्रै बनायो।

नेपाल र अमेरिकाको स्कोर बराबरी भएपछि खेल सुपर ओभरमा पुगेको हो।

अमेरिकाका आन्द्रेस गौसले सबैभन्दा धेरै ६२ रन बनाए।

नेपालका करण केसीले ३ विकेट लिए।

त्यसैगरी, सोमपाल कामीले २ विकेट लिए।

सागर ढकाल र दीपेन्द्रसिंह ऐरीले समान १/१ विकेट लिए।

यसअघि डालासमा टस जितेर ब्याटिङ गरेको नेपालले २० ओभरमा ६ विकेट गुमाएर १ सय ७० रन बनायो।

नेपालका कुशल भुर्तेलले नटआउट ९२ रन बनाए।

भुर्तेलले ५४ बल खेल्दै ६ छक्का र ७ चौका प्रहार गरे।

अमेरिकाका जसदीप सिंह र नोस्थुश केन्जिगेले समान २ विकेट लिए।

यो जितसँगै नेपालले ३ खेलको श्रृंला एक खेलअपावै जितेको छ।

अमेरिकासँगको पहिलो खेलमा नेपाल १७ रनले विजयी भएको थियो।

टी–२० श्रृंखलाको तेस्रो तथा अन्तिम खेल सोमबार हुनेछ।

तस्बीरः नेपाल क्रिकेट संघ (क्यान)