महिला साफ च्याम्पियसीपमा बलियो भुटानको जित

लिग चरणको दोस्रो खेलमा श्रीलंकालाई ४–१ गोलले हराएसँगै भुटानको ४ अंक छ

जनसम्मत
कार्तिक ५, २०८१, सोमबार

महिला साफ च्याम्पियसीप फुटबलमा भुटानले श्रीलंकालाई हराएको छ।

समूह ‘बी’ को आज (सोमबार) भएको पहिलो खेलमा बलियो भुटानले श्रीलंकालाई ४–१ गोलले हराएको हो।

भुटानका लागि डेकी लाजोमले २, नामगेल डेमा र डोर्जी एडोनले समान १/१ गोल गरे।

श्रीलंककाकी थुशानी मधुशीखाले १ गोल फर्काइन्।

भुटानकी डेक िलाजोन ‘प्लेयर अफ दि म्याच’ बनिन्।

आजको जितसँगै ४ अंकका साथ भुटान अंक तालिकामा शीर्ष स्थानमा उक्लिएको छ। श्रीलंका ३ अंकसहित दोश्रो स्थानमा छ।

आजै, घरेलु नेपाल र माल्दिभ्सको खेल जारी छ।

नेपालले पहिलो हाफमै ४–० ले अगाडि छ।

नेपालका लागि रेखा पौडेलले २, सबिता रानामगर र प्रिती राईले १/१ गोल गरेका छन्।

नेपाल पहिलो खेलमा भुटानसँग गोलरहित बराबरीमा रोकिएको थियो।

साफ च्याम्पियनसीपकै इतिहासमा नेपालको यो पहिलो बराबरी थियो।

यसअघि, साफको छैटौं संस्करणमा समूह चरणको सबै खेलमा नेपालले कम्तीमा १ गोल गरेको थियो।

यस्तै, माल्दिभ्स पहिलो खेलमा श्रीलंकासँग १–० गोलले पराजित भएको थियो।

नेपाल एक अंकसहित तेश्रो स्थानमा छ भने माल्दिभ्स अंकविहीन हुँदै पुछारमा छ।

तस्बीरः एन्फा