एएफसी यु–१७ एसियन कप छनोटमा नेपाल मंगोलियासँग पनि पराजित

समूह चरणका ३ वटै खेलमा पराजित नेपाल अंकविहीन हुँदै समुह ‘एफ’ को पुछारमा रहेर छनोटको अन्त्य गरेको छ

जनसम्मत
कार्तिक १२, २०८१, सोमबार

नेपालले एएफसी यु–१७ एसियन कप छनोटमा नेपाल जितविहिन बनेको छ।

कतारको दोहास्थित हमाद बिन खालिफा रंगशालामा नेपाल मंगलोलियासँग १–० ले पराजित भयो।

खेलको ७८ औं मिनेटमा ओड्खु सोयोलले गरेको १ मात्र गोलले मंगोलियालाई जित दिलायो।

समूह चरणका ३ वटै खेलमा पराजित नेपाल अंकविहीन हुँदै समुह ‘एफ’ को पुछारमा रहेर छनोटको अन्त्य गरेको छ।

पहिलो जित निकालेको मंगोलिया समान खेलबाट ३ अंकका साथ तेस्रो स्थानमा रह्यो।

नेपालले यसअघि साविक विजेता जापानसँग ९–२ को लज्जाजनक हार खेप्यो।

त्यस्तै, घरेलु टोली कतारसँग ५–० को फराकिलो हार ब्यहोरेको थियो।

मंगोलिया यसअघि कतारसँग २–० तथा जापानसँग ७–० ले पराजित भएको थियो।

यस समूहबाट साबिक विजेता जापानले प्रतियोगितामा शीर्ष स्थान सुरक्षित गरेको छ।