काठमाडौँ महानगरपालिकाले साफ महिला च्याम्पियनसीपमा उपविजेता बनेको नेपाली महिला फुटबल टिमलाई २५ लाख पुरस्कार दिएको छ।
महानगरका मेयर बालेन शाह र उपमेयर सुनिता डंगोलले बुधबार राति नै खेलाडीहरुलाई पुरस्कार रकम हस्तान्तरण गरेका हुन्।
खेल सकिएलगत्तै नेपाली महिला खेलाडी बसेको होटल सोल्टी पुगेर मेयर बालेन र उपमेयर सुनिताले खेलाडीहरुलाई पुरस्कार प्रदान गरेका हुन्।
नेपाली महिला खेलाडीसँगको कुराकानीमा मेयर बालेन शाहले आफू दशरथ रंगशाला गएर प्रत्यक्ष खेल नहेरेपनि लाइभ भने हेरेको बताए।
बुधबार सम्पन्न फाइनल खेलमा नेपाल बंगलादेशसँग २–१ गोल अन्तरले पराजित भएको थियो।
साफ महिला फुटबलमा योसँगै नेपाल छैटौं पटक फाइनल पुग्दा उपाधिविहीन बिहीन बन्दै आएको छ।