‘द हङकङ सिक्सेस’ क्रिकेटमा नेपाल क्वाटरफाइनलमा

नेपालले अष्ट्रेलियालाई ११ रनले हरायो, नेपालले दिएको ११२ रनको लक्ष्य पछ्याएको अस्ट्रेलिया १०० रनमा अलआउट भयो

जनसम्मत
कार्तिक १७, २०८१, शनिबार

२० औं ‘द हङकङ सिक्सेस’ क्रिकेट प्रतियोगिताको आफ्नो दोश्रो खेलमा नेपालले अस्ट्रेलियालाई ११ रनले हराएको छ।

नेपालले दिएको ११२ रनको लक्ष्य पछ्याएको अस्ट्रेलिया १०० रनमा अलआउट भयो।

अस्ट्रेलियाका लागि ज्याक उडले सर्वाधिक ५५ रन बनाए।

नेपालका प्रतिश जिसीले ३ विकेट लिए।

यस्तै, लोकश बम र विबेक यादवले १/१ विकेट लिए।

त्यसअघि, मिसन रोड ग्राउण्डमा भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ६ ओभरमा २ विकेट गुमाएर १११ रन बनाएको थियो।

नेपालका लागि कप्तान सन्दिप जोराले अविजित ५१ रन बनाएर रिटायर्ड भए।

यस्तै, लोकेश बमले ३३ रन बनाए।

अस्ट्रेलियाका ज्याक उडले २ विकेट लिए।

यो जितसँगै नेपाल समूह विजेता बन्दै क्वाटरफाइनलमा प्रवेश गरेको छ।

त्यसअघि, हिजो बिहान भएको पहिलो खेलमा नेपालले इंग्ल्यान्डलाई ६ विकेटले पराजित गरेको थियो।

यसैगरी, नेपालले क्वाटरफाइनलमा आजै दिउँसो १ बजेर ३५ मिनेटमा श्रीलंकासँग खेल्दैछ।

नेपालले पहिलो पटक ‘द हङकङ सिक्सेस’ प्रतियोगिता खेलेको हो।

प्रतियोगितामा १२ टोली सहभागी छन्।

प्रतियोगिताको सेमिफाइनल र फाइनल खेल भोलि हुनेछ।

तस्बीरः क्यान